काठमाडौं, असार २० । कान्ति अस्पतालमा उपचाररत एक शिशुमा कोरोना संक्रमण देखिएको छ। १३ महिनाका ती शिशुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले जानकारी दिएका छन्।
संक्रमित शिशु उदयपुरका हुन्। ती शिशुलाई १४ असारमा अस्पताल भर्ना गरिएको थियो। उनमा कोरोना पुष्टि भएपछि शुक्रबार नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा पठाइएको छ। शिशुको उपचारमा संलग्न २० स्वास्थ्यकर्मीको पिसीआर परीक्षणको तयारी हुँदैछ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








