पोखरा, असार २० । कास्की जिल्ला बक्सिङ सङ्घको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सङ्घको शुक्रबार पोखरामा सम्पन्न चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। सङ्घको वरिष्ठ उपाध्यक्षमा रामराज अधिकारी, उपाध्यक्षमा राजबहादुर कोइराला, सचिव सञ्जिव श्रेष्ठ र कोषाध्यक्षमा सुनिल बिसी निर्वाचित भए।
सदस्यमा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानी, सन्तोष कार्की, आइतसिंह गुरुङ, छविलाल कुँवर, ऋषिसरा थापा, देवेन्द्र केसी र जीतबहादुर पुन रहनुभएको निर्वाचन समितिका संयोजक एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए।
अधिवेशनका अवसरमा वरिष्ठ बक्सिङ प्रशिक्षक मर्सानीलाई राष्ट्रिय खेलकूद परिषद्मा रहेर लामो समय खेल क्षेत्रमा योगदान दिएर हालै मात्र सेवा निवृत्त हुनुभएकामा दोसल्लाले सम्मान गरिको थियो। कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले व्यक्तिगत फाइदाका लागिभन्दा पनि खेल क्षेत्रको विकासमा तल्लीन नेतृत्व खेल क्षेत्रमा आवश्यक हुने बताए। कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीमा पहिलोपटक खेल सङ्घको अधिवेशन सम्पन्न गरिएको हो। रासस

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








