काठमाडौं, असार १९ । आइतबार थप ८२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्।
हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments

























