असार १९ । स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ। ला लिगामा शुक्रबार एट्लेटिको मड्रिड र मालोर्काबीच खेल हुनेछ।
बलियो टिम एट्लेटिको र मालोर्काबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा एट्लेटिको सहज जितको खोजीमा हुनेछ। यस्तै एट्लेटिको जित निकाल्दै शीर्ष दुई टोलिसँगको अंक दुरी कम गर्न चाहन्छ।
लिगको तेस्रो स्थानमा रहेको एट्लेटिकोको ५९ अंक रहेको छ। एट्लेटिको लिग लिडर रियल मड्रिड भन्दा १५ र बार्सिलोना भन्दा ११ अंकले पछि रहेको छ।
यता, मालोर्का एट्लेटिकोविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने योजनामा हुनेछ।
मालोर्का रेलिगेसन क्षेत्रबाट माथि उक्लन प्रयास गरिरहेको छ। एट्लेटिकोलाई हराउँन सके मालोर्कालाई थप राहत मिल्नेछ।
मालोर्का २९ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























