काठमाडौं, असार १९ । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल फर्कनैपर्ने अवस्थामा रहेका १४७ नेपालीलाई आज बिहान कतारबाट स्वदेश ल्याइएको छ।
कतारको दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को उडानबाट उनीहरू स्वदेश आइपुगेका हुन्। आज स्वदेश आइपुग्नेमा ६ महिला र १४१ पुरुष छन्। यसैगरी आजको उडानमा दुईवटा शव पनि ल्याइएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।
यस्तै आजै कतार एयरवेजले दोहाबाट नेपाली लिएर नेपाल आउँदै छ। मलिन्दो एयरले मलेसियाको क्लालाम्पुरबाट नेपाली ल्याउँदै छ भने आजै यूएईबाट पनि नेपाली लिएर दुईवटा जहाज आउँदै छन्। साथै कुवेतबाट पनि आममाफी पाएका नेपाली आजै स्वदेश फर्कंदै छन्।
Facebook Comments


























