असार १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बिहिबार) दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ।
प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुल र सिटीबीचको खेल इतिहाद स्टेडियममा हुनेछ।
सिटीको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।
लिभरपुलले लिगको उपाधि जितिसकेको कारण यस खेल दुवैका लागि धेरै महत्वपूर्ण छैन। लिभरपुलले करिब ३० वर्षपछि लिगको उपाधि जितेको हो।
तर, दुबैको लागि यस खेल प्रतिष्ठाको लडाई हुनेछ। त्यसैले दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
यस्तै प्रतिस्पर्धा अघि सिटीले लिभरपुललाई ‘गार्ड अफ अनर’ दिने छन्।
यस सिजन लिभरपुल सिटी भन्दा २३ अंकले अघि रहेको छ। लिभरपुलको ८६ नाका रहेको छ। सिटीको ६३ अंक रहेको छ।
घरेलु मैदानमा सिटी लिभरपुललाई हराएर अंक दुरी कम गर्न चाहन्छ। यता, लिभरपुल जित निकाल्दै सिटीसँगको अंक दुरी थप फराकिलो बनाउन चाहन्छ।
प्रिमियर लिग अन्तर्गत अर्को खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग खेल्नेछ। एजेन्सी


























