मुम्बई, असार १८ । चलचित्र ‘वार’मा काम गरेपनि खासै चर्चामा नआएकी नायिका वाणी कपुरले अब नयाँ चलचित्रमा नायक अक्षय कुमारसँग पर्दा शेयर गर्ने भएकी छिन्।
उनी, अब नयाँ चलचित्र ‘बेलबटम’मा देखिने पक्का भएको छ। वाणीले नायक अक्षय कुमारसँग पर्दा शेयर गर्न लागेको पहिलो पटक हो।
ज्याकी भगनानी र वासु भगनानीको निर्माणमा यो चलचित्र बन्दैछ। चलचित्रलाई रञ्जित एम तिवारीले निर्देशन गर्दैछन्। ८० को दशकको सेट बनाएर चलचित्रको छायांकन गरिनेछ।
निर्माण ज्याकी भगनानीले वाणीको अभिनय आफूलाई मनपर्ने भएकाले पनि नायिकाको रुपमा उनलाई छनोट गरेको भारतीय मिडियासँग बताएका छन्।
जासुसको कथामा तयार हुन लागेको चलचित्रलाई थ्रिलर शैलीमा प्रस्तुत गरिनेछ। निर्माणपक्षले वाणीको भूमिकाले दर्शक उत्साहित हुने बताएकी छिन्। चलचित्रमा आफ्नो भूमिकालाई लिएर वाणी उत्साहित छिन्। एजेन्सी
Facebook Comments


























