बुटवल, असार १८ । दाङमा जंगली च्याउ खाँदा दुई परिवारका सात जना बिरामी भएका छन्।
दाङको राप्ती गाउँपालिका–४ मौरीघाटकी ४२ वर्षीया दीपा चौधरी र मौरीघाटकै अक्कली चौधरीको परिवारका ६ जना बिरामी भएका हुन्।
जंगली च्याउ खाएर बिरामी भएकी दीपालाई लमही अस्पतालमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएर उपचार भइरहेको छ।
यसैगरी जंगली च्याउ खाँदा अक्कली चौधरीको परिवारका ९ वर्षीया एक जना बालिका, ११ वर्षीय एक जना बालक, २२ र ३३ वर्षीय दुई जना पुरुष र ३२ वर्षीया एक जना महिला बिरामी भएका छन्। उनीहरु ६ जनाको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
Facebook Comments


























