काठमाडौं, असार १८ । नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको छ। अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ।
मंगलबार र बुधबार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा आज भने नकारात्मक सर्किट ब्रेक लागे बन्द भएको छ।
यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेकर लागेर नेप्से २० मिनेटका लागि स्थगित भएको थियो।
त्यसपछि खुलेको बजार पुनः ४ मिनेटमै ५ प्रतिशतले घटेपछि पुनः दोस्रो नकारात्मक सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि बजार स्थगित भएको थियो।
त्यसपछि फेरि १२ बजेर २७ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेट जाँदा फेरि ६ प्रतिशतले घटेको हो। ६ प्रतिशतले नेप्से घटबढ भए त्यस दिनका लागि कारोबार रोक्ने व्यवस्था छ।
आज नेप्से परिसूचक ८०.१४ अंकले घटेर १२५६.११ अंकमा झरेको छ।
Facebook Comments


























