यंगुन, असार १८ । म्यानमारको एक पत्थर खानीमा पहिरो जाँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ।
खानी भत्किँदा त्यहाँका कामदारहरु थुनिएका थिए। म्यानमार सरकारका अनुसार बिहीबार काचिन राज्यको ककन्तारेयामा यस्तो घटना भएको हो। घटनास्थलमा अहिले उद्धारकार्य जारी छ। म्यानमारका ग्रामिण क्षेत्रमा खानीहरुमा हरेक वर्ष यस्ता प्रकृतिका पहिरो जाने गर्छन्।
Facebook Comments


























