काठमाडौं, असार १८ । नेपालमा रोटा भाइरसविरुद्धको खोप कार्यक्रम आजदेखि सुरु भएको छ। अब देशभरका ६ देखि १० हप्तासम्मका शिशुले दुईपटक रोटारिक्स खोप पाउनेछन्।
देशभरका १६ हजार खोप केन्द्रमार्फत् शिशुले निःशुल्क खोप पाउने स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका प्रमख झलक गौतमले जानकारी दिए।
अबदेखि रोटा भाइरस विरुद्धको खोप पनि अन्य नियमित खोप जस्तै स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुनेछन्। हालसम्म सरकारको नियमित खोप कार्यक्रममा वीसीजी, पोलियो, पीसीभी, जेई, प्यान्टाभ्यालेन्ट ९डीपीटी, हेपाटाइटिस बी, हिब० एमआर र एफआईपीभी खोप रहेकोमा अब रोटा शुरु भएपछि नियमित खोपको संख्या १२ पुगेको छ।
Facebook Comments


























