काठमाडौं, असार १७ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। हिजोदेखि जारी बैठक आजका लागि स्थगित भएको हो।
पार्टीको समानुपातिक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो।
आजको बैठकमा पूर्व निर्धारित एजेण्डा अनुसार महाधिवेसनको कार्यतालिकामा छलफल हुने बताइएको थियो। अब आइतबार मात्र बैठक बस्ने नेताहरुले बताएका छन्।
Facebook Comments


























