असार १५ । बार्सिलोनाका लिजेण्ड जाभीले आफु प्रशिक्षकको रुपमा बार्सिलोना फर्कने तयारीमा रहेको बताएका छन्।
एक स्पोर्ट्स अनलाईनसँग कुरा गर्दै जाभीले आफु र आफ्नो स्टाफ बार्सिलोनाको प्रशिक्षक बन्न तयारी गरिरहेको बताएका हुन्।
‘मेरो ठुलो आशा, बार्साको प्रशिक्षक बन्नु र बार्साको जित फर्काउनु हो’, जाभीले स्पोर्ट्ससँग भने,’मेरो लागि होईन् बार्सिलोनाका खेलाडी र विजयको लागि। हाम्रो प्राविधिक स्टाफले यसका लागि धेरै तयारी गरिरहेका छन्। यसले हामीलाई निकै उत्साहित बनाउँछन्।’
कतारी क्लब अल सादका मुख्य प्रशिक्षक रहेका जाभीको पछिल्लो भनाईलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ।
किनकी पछिल्लो सिजन बार्सिलोना मुख्य प्रशिक्षक क्वेक सेटिनसँग खुशी छैनन्।
यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा २ अंकले पछि रहेको छ।
यस अघि बार्सिलोनाले जाभीलाई प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो। तर, उनले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेका थिए।
‘म क्लबको हु। र, उचित समयमा क्लब फर्कन चाहन्छु। म सुन्यबाट सुरुवात गर्न चाहन्छु,’ जाभीले थपे।
जाभीले सन् १९९८ देखि २०१५ सम्म ७५० खेल खेलेका थिए।
क्लबका लागि जाभीले २५ उपाधि जितेका थिए। एजेन्सी


























