काठमाडौं, असार १५ । स्वास्थ्य मन्त्रालयले सोमबार एक कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या २९ पुगेको छ।
त्यस्तै, सोमबार थप ४७६ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितहरुको संख्या पनि १३ हजार २ सय ४८ पुगेको छ।
ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेहरु २९ पुगेको हो।
रौतहटका ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा आइतबार साँझ मात्रै पीसीआर रिपोर्ट प्राप्त भएको हो।
संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ।
बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ।
Facebook Comments


























