काठमाडौं, असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्।
राष्ट्रियसभाको सोमबारको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका हुन्।
राष्ट्रपतिले शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।
Facebook Comments


























