काठमाडौं, असार १५ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कमिटीसहित विभिन्न चार कमिटीको विस्तार गरेको छ।
क्यानले सोमबार यस अघि बनाईएको चार कमिटीलाई विस्तार गरिएको जनाएको छ।
क्यानले प्रतियोगिता कमिटी, टेक्निकल कमिटी, फाइनान्सियल कमिटी र मिडिया कमिटीमा सदस्य थप गर्दै कमिटी विस्तार गरेको हो।
यस अघि क्यानले संयोजक चयन गर्दै चार कमिटी बनाएको थियो। तर, कमिटीमा सदस्यहरु रहेका थिएनन्।
प्रसान्त बिक्रम मल्लको संयोजकत्वमा रहेको प्रतियोगिता कमिटीमा दाउद अन्सारी, ऋषिराम गौतम, बिक्रम बिष्ट र कैशाल बिष्टलाई सदस्य राखिएको छ।
यस्तै संजय राज सिंहको संयोजकत्वमा रहेको टेक्निकल कमिटीमा विरेन्द्र बहादुर चन्द, अमित बिर पाण्डे, अरुण कुमार अर्याल र संजय गुरुङलाई ल्याईएको छ।
रोशन कुमार सिंहको संयोजकत्वमा रहेको फाइनान्सियल कमिटीमा माधव कर्माचार्य र दुर्गा राज पाठक थपिएका छन्।
यस्तै मिडिया कमिटीमा भानु भक्त सिग्देल सदस्यको रुपमा आएका छन्। यस कमिटीको संयोजक अशोक नाथ प्याकुरेल रहेका थिए।
नयाँ नेतृत्व आएपछि बसेको क्यानको पहिलो बोर्ड बैठकले चार कमिटी गठन गरेको थियो।


























