कञ्चनपुर, असार १५ । सर्पले डसेर कञ्चनपुरमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीमा सर्पको टोकाइबाट ५ वर्षीया बालिका पुनम बोहराको मृत्यु भएको हो।
गएराति कोठामा सुतिरहेको समयमा बोहराको हातमा विषालु सर्पले डसेको परिवारले जनाएको छ। राति नै अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमा बालिकालाई लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको थियो।
बालिकाको उपचारका क्रममा आइतबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
Facebook Comments



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






