काठमाडौं, असार १४ । सरकारले विदेशबाट फर्किन अनुमती दिएसँगै साढे ११ हजार नेपाली फर्किएका छन्। शनिबार सम्ममा २१ देशबाट ११ हजार ५ सय ८५ जना नेपाली फर्किएको कोरोना जोखिम व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ।
कोरोना भाइरसको कारण जोखिम बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। जेठ २१ गतेबाट चार्टर्ड उडान मार्फत आफैं पैसा तिरेर फर्किन सरकारले अनुमति दिएको हो। त्यसपछि सबैभन्दा बढी नेपाली यूएईबाट फर्किएका छन्।
यूएईबाट २ हजार १७ जना नेपाली स्वदेश फर्किएका छन्। यस्तै कुवेतबाट २ हजार २ जना फर्किएका छन्। साउदीबाट ११ सय १८ र कतारबाट ६ सय ६८ जना फर्किएका छन्।
उता अमेरिकाबाट ५२३ र अष्ट्रेलियाबाट ४८२ जना फर्किएका छन्।
स्वदेश फर्किनेमा बागमती प्रदेशका धेरै छन्। बागमती प्रदेशका ४२ सय ५ जना, प्रदेश १ का २१ सय ६४, प्रदेश २ का १३ सय ९, गण्डकी प्रदेशका १४ सय ६८, प्रदेश ५ का १७ सय ५७ जना, कर्णाली प्रदेशका २३२ र सूदुरपश्चिका २८१ जना आइपुगेका हुन्।
विदेशबाट फर्किएका ७४ सय १ जना प्रदेशका क्वारेन्टिनमा छन्। ७१९ जना होटलमा र स्थानीय तहका क्वारेन्टिनमा १ हजार ७ सय ९ जना छन्।
१६ सय ३ जना घरमा र २८ जना अस्पतालमा रहेको सीसीएमसीले जनाएको छ।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






