असार १५ । एफए कप फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ।
इंग्ल्यान्ड फुटबल एसोसिएसनले सेमिफाइनल समीकरण पुरा भएपछि ड्र सार्वजनिक गरेको हो।
सार्वजनिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्नेछ।
सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २-० ले हराएर सेमिफाइनलमा पुगेको हो।
कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१ ले हराएको थियो।
गत सिजन सिटीले वाट्फोर्डलाई ६-० ले हराएर उपाधि जितेको थियो।
यस्तै अर्को सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।
चेल्सीले लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएको थियो।
सेमिफाइनल खेल जुलाई १८ र १९ मा वेम्बलीमा हुनेछ।
फाइनल खेल अगष्ट १ मा वेम्बलीमै हुनेछ। एजेन्सी
Facebook Comments



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






