असार १५ । सिरि ए फुटबलमा ईन्टर मिलानले सफलता प्राप्त गरेको छ।
आईतबार राति भएको खेलमा ईन्टरले पर्मालाई २–१ गोल अन्तरले हराएको हो।
घरेलु टोलीले जर्विन्होको गोलमा सुरुवाती अग्रता लियो। खेलको ८४ औं मिनेटमा स्टेफन डी वर्जले बराबरी गोल फर्काए। खेल सकिन तीन मिनेट अघि एलेसेन्ड्रो बस्तोनीले गोल गर्दै ईन्टरलाई लिगको उपाधि होडमा कायम राखे।
पुनरागमन जित सहित ईन्टरले युभेन्ट्स र लाजियोसंगै आफुलाई समेत उपाधि होडमा कायमै राखेको छ।
ईन्टर ६१ अंक सहित तेस्रो स्थानमा छ। क्लब शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछाडी छ। पर्मा ३९ अंक सहित नवौं स्थानमा छ।
अन्य खेलमा मिलान क्लबले रोमालाई २–० ले हरायो। मिलानको जितमा आन्टी रिबिक र हकन काल्होलोगोले गोल गरे। यस्तै, नापोलीले स्पेलमाथि ३–१ को जित आत्मसाथ गर्यो। नापोलीको जितमा ड्राईस मार्टिन्स, जासे मारिया कलिजन र अमिन युन्सले गोल गरे। स्पेलका एन्ड्रिया पेटागनाले एक गोल फर्काए।
अर्को खेलमा एटलान्टाले युडिनिजमाथि ३–२ को प्रतिस्पर्धात्मक सफलता हासिल गर्यो। दुवान जापाटाले नवौं मिनेटमा पाहुना टोली एटलान्टालाई सुरुवाती अग्रता दिलाए। केभिन लसग्नाले घरेलु टोलीबाट बराबरी गोल फर्काए।
एटलान्टाका लुईस मुरिलले लगातार दुई गोल गर्दै पाहुना टोलीलाई ३–१ को अवस्थामा पुर्याएका थिए। खेल सकिन तीन मिनेट अघि जापाटाले घरेलु टोलीका लागि ब्यक्तिगत दोस्रो गोल गरेपनि टोलीको हार टार्न सकेनन्।
संघर्षपूर्ण जित सहित एटलान्टा ५७ अंक सहित चौथो स्थानमा थप मजबुद बन्यो। उसले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनायो। युडिनिज २८ अंक सहित १४ औं स्थानमा रह्यो। क्लब रेलिगेशन जोन भन्दा मात्र तीन अंकले माथि छ। एजेन्सी


























