हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सातौ नगरसभा बैठकबाट आइतबार नीति तथा कार्यक्रम र बजेट पारित भएको छ। उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भएको मेयर हरिबहादुर महतले बताए। बजेटमाथिको छलफलमा अधिकांश नगरसभा सदस्यहरुले बजेटको प्रसंसा गरेका थिए।
बैठकमा बोल्ने नगरसभाका सदस्यहरुले बजेटले धेरै क्षेत्र समेटेको र यसको कार्यान्वयनमा जोड दिनुपर्ने सुझाब दिएका थिए। उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो। लकडाउनका कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएको मेयर महतले बताए। पास भएको बजेट कार्यान्वनमा सबै जनप्रतिनिधि र कर्मचारी मिलेर लाग्ने उनले बताए।
प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने मेयर महतले बताए। बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको उपमेयर मिनाकुमारी लामाले जानकारी दिइन्। उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभर्इ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ।
कोरोनाबाट ज्यान गुमाउनेलाई तीनलाख
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले तीनलाख राहत दिने भएको छ। पीडित परिवारलाई राहत हुने गरी बजेट ल्याएको उपमेयर लामाले बताइन्। हेटौँडा उपमहानगरपालिकामा पर्यटन प्रवर्द्वन गर्न भ्यू टावर तथा टोनी हेन पार्क निर्माण गरिने उनले बताइन्। आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवर्द्वनको लागि हेटौँडाको टिसिएन चौरमा टोनी हेगन पार्क तथा, हेटौँडा उपमहानगरपालिका वडा नंबर १४ को ड्राइभर डाँडामा भ्यू टावर निर्माण गरिने उनको भनाइ छ।
यस्तै वडा नं. ८ मा रहेको चन्द्रोदय मावि परिषरमा रहेको खेल मैदानमा एकवर्षभित्रै प्याराफिटसहितको खेलकुद मैदान निर्माण गर्नको लागि २ करोड ५० लाख रुपैँया विनयोजन गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकासका लागि २ करोड ३५ लाख, कोरोना उपचार कोषका लागि २ करोड ५० लाख, शहरी स्वास्थ्य केन्द्रका लागि १ करोड ८५ लाख रुपैंया विनियोजन भएको छ। सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपैंया विनियोजन भएको छ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











