हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) प्रयोगशालामा कोरोना परीक्षणका लागि हालसम्म ६ हजार ९५९ वटा नमुना संकलन भएका छन्। प्राप्त नमुनामध्ये धेरैजसोको कोरोना परीक्षण भइसकेको प्रयोगशालाले जनाएको छ। केहीको भने परीक्षणको चरणमा राखिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईँले बताए। पछिल्लो समय काठमाण्डौं र अरु जिल्लाबाट समेत यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न नमुना पठाउने हुँदा परीक्षणको चाप पनि बढ्दै गएको उनले बताए।
उनका अनुसार हालसम्म परीक्षण भएका अधिकांश नमुना तराईका जिल्लाबाट आएका छन्। हेटौँडामा परीक्षण गरेर संक्रमण पुष्टि भएकाहरु पनि अधिकांश बारा, पर्सा, रौतहटलगायतका जिल्लाका छन्। कोरोनाको माहामारी सुरु भएदेखि हालसम्म हेटौंडाको बागमती प्रादेशिक ल्यावमा कोरोना जाँच गराउनेको चाप धेरै भए पनि जाँच भने धिमा गतिमा भइरहेको छ। प्रयोगशालामा पर्याप्त जनशक्ति र कीट अभावका कारण समयमै नमुना परीक्षण हुन नसकेको मन्त्रालयले जनाएको छ। संकलन गरिएको स्वाबको रिपोर्ट ढिलो आउने जस्ता समस्या पनि छन्। प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता पनि छ।
हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पिसिआर परीक्षण गराउन आउनेहरुको पनि चाप उत्तिकै बढेको छ। पछिल्ला दिनहरुमा विदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप बढेको आइसोलेन इन्चार्ज भोला चौलागाईँले जानकारी दिए। आइसोलेसनमा रहेर पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछि मात्र डिस्चार्ज गर्ने गरिएको छ। गएको चैतबाट सञ्चालनमा आएको प्रयोगशालामा मकवानपुरसहित बारा, पर्सा, रौतहट, धादिङ, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट नमुना पठाउने गरिएको छ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











