काठमाडौं, असार १४ । लामो समयदेखि बन्द रहेको शेयर बजार असार १५ गते सोमबारदेखि खुल्ने भएको छ। शेयर बजार खोल्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताए।
“सोमबार बाट बजार खुल्छ। हामीले निर्देशन दिई सक्यौ”ढुङ्गानाले भने।
लगानीकर्ताले भने बमोजिम हामीले केही सुधार गरेका छौ। केही गर्ने प्रक्रियामा अघि बढेको ढुङ्गानाले बताए। बजार खुले पछि सुधार भएका विषय देखिने छन् भने अब बजार सकभर बन्द नहुने हिसाबले अघि बढ्ने ढुङ्गानाको जिकिर छ।
पछिल्लो समय सबै पक्षलाई मिलाएर लैजान ढुङ्गाना सफल देखिएका छन्। तर लामो समय बजार बन्द हुँदा उनी आलोचित समेत हुन पुगेका छन्। केही गर्न खोज्दा आलोचित हुनुले कुनै अर्थ नराख्ने ढुङ्गानाको भनाइ छ।
बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज यसअघि नै बजार खोल्नुपर्ने पक्षमा छ। बोर्डको निर्देशनपछि नेप्सेको सञ्चालक समितिको बैठकले शेयर बजार खोल्ने निर्णय गर्ने छ।
करोरोनाको कारण देश लकडाउन भएपश्चात शेयर बजार गत ३ महीनादेखि बन्द छ। विचमा दुई दिन खुलेपनि दुबै दिन बजार उच्च् रुपले घटेपछि पुनः बजार बन्द भएको थियो।
शुक्रबार पाँचवटै लगानीकर्ता सँघहरु बजार खोल्नुपर्नेमा सहमत भएका थिए। यसअघि बजारमा आवश्यक सुधार नगरी बजार खोल्नु नहुने बताउदै आएका लगानीकर्ताहरु पछिल्लो समय बजार खोल्नुपर्ने पक्षमा देखिएका थिए।


























