रुपन्देही, असार १४ । रुपन्देहीमा गएराति भएको कार दुर्घटनामा एकजना पत्रकारको ज्यान गएको छ।
न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय कृष्णबाबु पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा ज्यान गएको हो।
बुटवलबाट कारमा आफ्नो घर ड्राइभर टोल जाने क्रममा बुटवल भैरहवा सडकखण्डको ड्राइभर टोलमा दुर्घटना भएको थियो। कार सडक छेउमा रहेको फलामे बारमा ठोक्किएको थियो। पत्रकार पाण्डेको स्थायी घर स्याङ्जाको बिर्घा हो।
Facebook Comments


























