चितवन, असार १४ । चितवन मेडिकल कलेजमा ३० शय्याको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरिएको छ। कलेजले कोरोना संक्रमणको उपचार गर्न सघन कक्ष स्थापना गरेको हो।
उक्त कक्षको शनिवार उद्घाटन गरियो। कलेजका प्रबनध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानले शय्यामा भेन्टिलेटरसहितको सघन उपचार हुने बताए।
यो उपचार कक्षलाई नेपालकै ठूलो र सुविधासम्पन्न भनिएको छ। रोटरी फाउन्डेसनले भेन्टिलेटरमा सहयोग गरेको छ।
प्रा.डा. न्यौपानेले पीसीआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको र स्वास्थ्य मन्त्रालयसँग उपचारका लागि अनुमति माग गरिएको बताए।
Facebook Comments


























