असार १४ । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गएको छ।
शनिबार भएको क्वाटरफाइनलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो।
नर्विचको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।
अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युनाइटेडले अग्रता बनाएको थियो।
खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १-१ गोलको बराबरीमा फर्काए।
यस्तै खेलको ८९ औं मिनेटमा टिम क्लोसले रातो कार्ड पाएपछि नर्विच १० खेलाडीमा समेटिएको थियो।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो।
यससँगै युनाइटेड कीर्तिमानी ३० औं पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। एजेन्सी


























