काठमाडौं, असार १३ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ।
दमको रोगबाट पीडित सिंहको शुक्रबार राति ८८ वर्षको उमेरमा निधन भएको हो।
सिंह राखेपको सातौं सदस्य सचिव हुन्। सिंहले २०४८ देखि २०५० सम्म सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए।
सिंह नेपाली फुटबलको पहिलो पुस्ताका खेलाडी समेत हुन्।
नेपाली राष्ट्रिय फुटबल टिम सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता आगा खा गोल्डकपमा सिंह टिमका सदस्य थिए।
प्रतियोगिता सन् १९६३ मा बंगलादेशको ढाकामा भएको थियो।
नेपाली फुटबलले पाएका उत्कृष्ट खेलाडीमध्ये सिंह पनि एक हुन्।
घरेलु नेपाली फुटबलमा उनले एनआरटी र विद्याब्यायाम मन्दिरबाट खेलेका थिए।
स्व। सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन्।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व। सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन्।


























