असार १३ । साओमीले नेपाली बजारमा रेडमी नोट नाइन सार्वजनिक गरेको छ । रेडमी नोट नाइनमा ६.५३ इन्चको फुल एचडी प्लस आईपीएस डिसप्ले रहेको छ।
मिडिया टेकको हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको यस फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ। यो फोन ४ जीबी र्याम र १२८ जीबी अन्तरिक स्टोरेजमा उपलब्ध रहेको छ।
क्वाड क्यामेरा सेटअप रहेको रेडमी नोट नाइनमा ४८ मेगापिक्सेल प्राइमरी सेन्सर, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ।
१३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यस फोनमा फिंगरप्रिन्ट सेन्सर समेत उपलब्ध रहेको छ। ५०२० एमएएचको ब्याट्री रहेको रेडमी नोट नाइनको मूय २२ हजार ९९९ रहेको छ।
Facebook Comments

























