काठमाडौं, असार १२ । महाधिवेसन कार्यतालिका परिवर्तन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको हो।
कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेसन गर्ने यसअघि नै कार्यतालिका तय गरेको थियो। तर, कोरोना संकटका कारण महाधिवेसनका लागि गत वर्षको चैतबाट वितरण र नविकरण गर्नुपर्ने क्रियाशिल सदस्यताको कार्यक्रम सूचारु हुन सकेको छैन।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला लगायत केही पूर्व पदाधीकारीहरु उपस्थिति हुने सचिव पौडेलले जानकारी दिए।
Facebook Comments


























