असार ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बिहिबार) दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ।
चेल्सी र सिटीबीचको खेल स्टामफोर्ड ब्रिजमा हुनेछ। खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ।
चेल्सीको घरेलु मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। किनकि दुवै टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ।
सिटी चेल्सीलाई उसैको मैदानमा हराएर लिभरपुलको उपाधि पछि धकेल्न चाहन्छ।
यस सिजन उपाधि नजिक रहेको लिभरपुल सिटी भन्दा २३ अंकले अघि रहेको छ। लिग लिडर लिभरपुलको ८६ अंक रहेको छ। दोस्रो स्थानको सिटीको ६३ अंक रहेको छ।
३० वर्षपछि उपाधिको संघारमा रहेको लिभरपुललाई च्याम्पियन बन्न २ अंकको आवश्यकता रहेको छ।
यस्तोमा बिहिबार चेल्सीविरुद्ध सिटीले जित निकाल्न नसके लिभरपुल च्याम्पियन बन्नेछ। त्यसैले सिटी जसरी पनि चेल्सीलाई हराउँन चाहन्छ।
तर, मुख्य स्ट्राइकर सर्जियो अग्युरो बिनाको सिटीलाई घरेलु टोलीलाई हराउँन कठिन भने हुनेछ। अग्युरो घुँडाको शल्यक्रियाको कारण टिम बाहिर रहेका छन्।
यट, चेल्सी घरेलु मैदानमा जित निकाल्दै तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दुरी कम गर्न चाहन्छ। चौंथो स्थानको चेल्सीको ५१ अंक रहेको छ । लेष्टरको ५५ अंक रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै बिहिबार आर्सनलले साउथह्याम्पटनसँग खेल्नेछ।
यस्तै बर्नलीले वाट्फोर्डको सामना गर्नेछ। एजेन्सी


























