काठमाडौं, असार १० । सर्वोच्च अदालतले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ।
बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो।
सर्वोच्च अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना गरेको भन्दै त्यस्तो आदेश दिएको हो।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक रहेको उक्त मुद्धामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शर्मा र डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्तहरु खगेन्द्र सुवेदी, विष्णु भुसाल, कमल कोइराला, सन्तोष भण्डारीको बहस सुनेपछि सर्वोच्चले दिएको आदेश यस्तो छ:




























