चितवन, असार १० । कोरोना भाइरसको संक्रमण देखिएका बिरामीमध्ये थोरैको अवस्थामा मात्रै गम्भीर रहेको छ। अधिकांश संक्रमितको अवस्था सामान्य रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म संसारभर ९३ लाख ७३ हजार ७ सय २४ जनामा कोरोना देखिएको छ। त्यसमध्ये ४ लाख ८० हजार १ सय ४० जनाको मृत्यु भएको छ।
बुधबार दिउसो साढे २ बजे सम्म संक्रमितमध्ये ५० लाख ६२ हजार ८ सय ४० जना निको भएका छन्। अहिले ३८ लाख ३० हजार ४ सय ४४ जनाको उपचार चलिरहेको छ।
अहिले कोरोनाको उपचार चलिरहेका ५८ हजार १९ मध्ये (२ प्रतिशत) मात्रै गम्भीर रहेका छन्, बाँकी ३७ लाख ७२ हजार ४सय २५ (९८ प्रतिशत) को अवस्था सामान्य रहेको छ।
नेपालमा पनि संक्रमितहरुको अवस्था सामान्य रहेको छ। अहिलेसम्म कुनै पनि संक्रमितमा गम्भीर समस्या देखिएको छैन।
बुधबार दिउसो साढे २ बजे सम्म नेपालमा १० हजार ९९ जनामा कोरोना देखिएको छ। जसमध्ये २४ जनाको मृत्यु भएको छ।
अहिलेसम्म दुई हजार दुई सय २४ जना निको भएका छन्। बाँकी उपचाररत संक्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


























