काठमाडौं, असार १० । नक्कली फोटो र भिडियोमा रोक लगाउनका लागि सर्च इन्जिन गुगलले नयाँ टुल ल्याएको छ।
नक्कली फोटो र भिडियोको पहिचान गर्न गुगलले सर्च टुल सुरु गरेको जनाएको छ। त्यसका लागि तथ्य जाँच्ने नया मार्कर जोडिएको छ। जुन गुगल सर्च रिजल्टसँगैको फोटोमा देख्न सकिनेछ।
सर्च रिजल्टको तथ्य जाँच्न प्रत्येक दिन ११ लाख बढी पटक हुने गुगलले जनाएको छ। गुगलमा फोटो खोज्ने क्रममा फोटोको मुनि तथ्य जाँच्ने लेबल देखिनेछ।
जुन फोटोको मुनि थम्बनेल जस्तै देखिनेछ । धेरै पटक गलत फोटो र भिडियोका कारण अनाहकमा मानिसहरुले समस्या झेल्नु परिरहेको भन्दै यस्तो गर्नु परेको गुगलले जनाएको छ। अब बास्तविक फोटो तथा भिडियो मात्रै गुगलले राख्नेछ।
Facebook Comments


























