असार ८ । इटालियन सिरी ुएु फुटबलमा आज (सोमबार) लिग लिडर युभेन्ट्सले बोलोग्नासँग खेल्दैछ।
उपाधि दाबेदार युभेन्ट्सले बोलोग्नासँग उसैको मैदानमा खेल्नेछ। खेल नेपाली समय अनुसार साढे १ बजे सुरु हुनेछ।
कोरोनाको महामारीको कारण स्थगित लिग सुचारु पछि युभेन्ट्सले पहिलो खेल खेल्न लागेको हो।
युभेन्ट्स तुलनात्मक कमजोर टिमविरुद्ध जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ।
यस सिजन युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा मात्र १ अंकले अघि रहेको छ। बोलोग्नालाई हराएर युभेन्ट्स शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउन चाहन्छ।
युभेन्ट्सले २६ खेलमा ६३ अंक जोडेको छ। लाजियोको ६२ अंक रहेको छ।
लिगमा ३४ अंक जोडेको बोलोग्ना १० औं स्थानमा रहेको छ। बोलोग्ना पनि घरेलु मैदानमा युभेन्ट्सलाई हराएर अंक तालिका सुधार गर्ने योजनामा हुनेछ।
सिरी ुएु अन्तर्गत नै अन्य खेलमा एसी मिलानले लिसीसँग खेल्नेछ।
त्यस्तै फियोरेन्टिनाले ब्रेसियासँग खेल्नेछ। एजेन्सी


























