असार ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ।
आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे। एस्टनका कोर्टनी हाउसेले एक गोल गरे।
जीतसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ। चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दूरी समेत घटाएको छ। २६ अंक जोडेको एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























