असार ७ । अमेरिकाको सियाटलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एकजनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार शनिबार अबेर राति घटना भएको हो।
सियाटलको स्वायत्त प्रदर्शन स्थलमा गोलीकाण्ड भएको हो। सो स्थानमा प्रहरीको हस्तक्षेप बिना प्रदर्शन गर्न पाइन्छ।
प्रदर्शन भइरहेको भिडमा गोली चल्दा गम्भीर घाइते भएका १९ वर्षका किशोरको अस्पतालमा ज्यान गएको र अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै एनबिसी न्यूजले जनाएको छ।
अमेरिकामा पछिल्लो समय प्रहरी ज्यादती र रंगभेद विरुद्ध प्रदर्शन हुँदै आएको छ। एजेन्सी
Facebook Comments


























