काठमाडौं, असार ७ । नागरिकता विधेयकलाई अन्तिम रुप दिन संघीय संसदको राज्य व्यवस्था तथा शुसासन समितिको बैठक आज बस्दै छ।
दिउँसो २ बजे बस्ने बैठकमा दुई वर्षदेखि अल्झिएको नागरिकता विधेयकलाई सकेसम्म सहमति र नभए प्रक्रियाद्धारा टुंगो लगाइने सांसदहरुले दाबी गरेका छन्।
यस अघि हिजो सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपालमा विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि सम्बन्धित देशको नागरिकता त्यागेको प्रमाण पेश गरेपछिमात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो।
सोही अनुसार समितिले निर्णय लिने बताइएको छ। तर, नेपाली कांग्रेस र मधेशवादी दलहरुले भने वर्तमान नागरिकता ऐन, २०६३ कै प्रावधान राख्नुपर्ने अडान राख्दै आएका छन्।
Facebook Comments


























