असार ७ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएको हो।
जितसंगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए।
डिएगो कोस्टाको उपलब्ध गराएको पासमा सहि पोजिसनमा नरहेका गोलकिपर जोसे एन्टोनियो कारोको फाईदा उठाउँदै भिटोलोले गोल गरेका थिए।
एट्लेटिकोले दर्शन बिहिन घरेलु मैदानमा पहिलो पटक खेलेको हो।
जितसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ। उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ। भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ।
अन्य खेलमा लेभान्तेले स्प्यानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो। अर्को खेलमा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। एजेन्सी


























