काठमाडौं, असार ६ । नेपालमा रहेका कूल कोरोना संक्रमितको १८ दशमलव ३३ प्रतिशत उपचारपछि निको भएका छन्। पूर्णरुपमा स्वस्थ भएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेर घर पठाइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्रै १५८ पुरुष र १८ महिला गरी १ सय ७६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।
‘नेपालमा रहनुभएका कोरोना संक्रमितमध्ये हालसम्म १ हजार ५ सय ७८ जना निको भई अस्पतालबाट घर फर्किसक्नु भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले भने, ‘निको हुनेमध्ये एक हजार ४ सय ३७ पुरुष र १४१ जना महिला हुनुहुन्छ।’ नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार यीमध्ये १८ दशमलव ३३ प्रतिशत संक्रमित निको भइसकेका छन्।
Facebook Comments


























