काठमाडौं, असार ६ । नेपालमा शनिबार थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६ सय ५ पुगेको जानकारी दिएका हुन्।
डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ५ सय ७८ पुगेको छ। १ सय ४१ महिला रहेका छन्।
Facebook Comments


























