हेटौंडा, असार ६ । हेटौंडा–९ का ५० वर्षीय मोतीलाल पोखरेलले २७ दिनमा कोरोना भाइरस (कोभिड–१९) लाई जितेपछि उनी आइसोलेसनबाट घरका गएकाछन्।
भारतबाट घर आएका मोतीलालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि शनिबार हेटौंडा–४ को कर्रामा रहेको आइसोलेसनबाट बिदाइ गरिएको हो।
उनलाई हेटौंडा उपमहानगर उपप्रमुख मीनाकुमारी लामा, आइसोलेसन इञ्चार्ज भोला चौलागाई, स्वास्थ्यकर्मीसहितले बिदाइ गरेका थिए।
जेठ १२ गते हेटौंडाको आइसोलेसनमा भर्ना भएका पोखरेलले कोरोना संक्रमणमुक्त भई घर गएकाहुन्। हेटौंडाको आइसोलेसनमा मकवानपुर मनहरीका ६ जना कोरोना संक्रमित छन्।
Facebook Comments


























