काठमाडौं, असार ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने बताएका छन्।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताएका हुन्।
‘अहिले भएकामा जनशक्ति थपेर, २४ सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिन्छ’, उनले भने। उनले निजी क्षेत्रबाट प्रतिदिन ३ हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने बताए।
यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म जाच्ने गरी स्तरवृद्धि गरिने बताए।
Facebook Comments


























