गुल्मी, असार ६ । गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ आएको छ।
छत्रकोट गाउँपालिका वडा नम्बर ५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो। मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए।
मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थिए ।
मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।
Facebook Comments


























