काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेको बताएकाछन्। नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्र्दैप्रम ओलीले उक्त कुरा बताएकाहुन्।
नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा उनले अबको नयाँ पिँढीले देश विकास गर्ने बताए।
‘प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई सुशासन र विकासतर्फ हिंडाइरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘नेपाललाई हामी गरिबीबाट सम्पन्तातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौं।’
प्रधानमन्त्री ओलीले सरकार युवाहरु र बालबालिकाको साथमा रहेको भन्दै सरकारले लिएको उद्देश्य, बाटो र नीतिहरु स्काउटका उद्देश्यसँग मिल्दाजुल्दा रहेको पनि तर्क गरे।
प्रधानमन्त्री ओलीले देश कोभिड १९ को विश्वव्यापी महामारीबाट प्रभावित भएको भन्दै यसपटकको स्काउट दिवस घरमै बसी अनलाइन प्रविधिमार्फत् मनाउन पनि आह्वान गरेकाछन्।


























