काठमाडौं, असार ५ । सुनको मूल्य शुक्रबार प्रतितोला १ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसैगरी तेजावी सुनको भाय प्रतितोला ८९ हजार ४६० रुपैयाँ निर्धारण गरिएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला ९३० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको थियो। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको थियो।
Facebook Comments


























