काठमाडौं, असार ५ । कोरोना महामारीकाबीच न्यूजिल्याण्डमा बिहीवार साँझ शक्तिशाली भूकम्प गएको छ।
तुरांगाबाट ७३० किमी टाढा केन्द्रबिन्दु बनाएर गएको ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प पछि त्यहाँ सुनामी आउन सक्ने भन्दै हाई अलर्ट जारी गरिएको छ।
अहिलेसम्म त्यबारेमा केहि पनि जानकारी नआईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
भूकम्पको झट्काका कारण फिजी, केरमेडेक द्वीप समूह, न्यू क्यालेडोनिया, न्यूजिल्याण्ड, नीयू, टोंगा र वानुअतुमा सुनामीको लहर आउन सक्ने बताइएको छ।
यूएसको जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र न्यूजिल्याण्डको नर्थ आईल्याण्डको एक शहर अपोटिकीबाट ६८५ किमी उत्तर पूर्वमा रहेको बताएको छ।
भूकम्प पछि तत्काल सबै ठाउँमा सुनामीको चेतावनी दिइएको छ। एजेन्सी
Facebook Comments


























