नवलपुर, असार ३ । पूर्व नवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ। नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए। उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ। शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिए।
Facebook Comments


























