काठमाडौं, असार २ । स्वास्थ्य सामग्री खरिद लगाएतमा भएको अनियमितताको छानविन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वमा प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर कांग्रेसको टोलीले ज्ञापनपत्र बुझाएको हो। कांग्रेसले कोरोना परीक्षणको दायार बढाउन, क्वारेन्टाइनको व्यवस्थापन राम्रो बनाउन, भारतबाट आउने नेपालीलाई उचित तरिकाले व्यवस्थापन गर्न माग गरिएको छ।
कांग्रेसले पेश गरेको ज्ञापनपत्रमा राहत वितरणलाई समेत व्यवस्थित बनाउन र समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल गर्न समेत माग गरिएको छ प्रमुख सचेतक खाँणको नेतृत्वमा गएको संसदीय दलको टोलीमा सांसदहरु गगन थापा, सचेतक पुष्पा भुसाल र भिमसेनदास प्रधान सहभागी थिए।
Facebook Comments


























