काठमाडौं, असार १ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारका लागि बोलाएको केन्द्रीय समितिको आकस्मिक बैठक स्थगित गरेको छ।
एन्फा कार्यालय सातदोबाटोमा बोलाइएको बैठक वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको हो।
स्थगित बैठक बुधबारका बोलाइएको एन्फाले जनाएको छ। एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राष्ट्रियताको विषयमा दिएको अभिव्यक्ति विवादमा परेपछि नेपाली फुटबल संकटमा छ।
शेर्पालाई कारबाही गर्नु पर्ने भन्दै अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफामा उजुरी परेको छ।
Facebook Comments




















