दिल्ली, असार १ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीमा फेरि कलडाउन बढाउने कुनै योजना नहरेको स्पष्ट पारेको छन्। उनले लकडाउन बढाउने अनुमानहरु गलत रहेको बताए।
उनले भने, ‘केही मानिसहरु अनुमान गरिरहेका छन् कि फेरि दिल्लीमा लकडाउन बढाउने योजना छ भनेर तर यस्तो कुनै योजना छैन।’
दिल्लीमा लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमण बढिरहेको छ जसकारण मानिसहरुले लकडाउन थपिन सक्ने आशंका गरिहरको बेला मुख्यमन्त्री केजरिवालको यस्तो भनाई आएको हो। एजेन्सी
Facebook Comments


























